धनगढी मेयर एलपीएल–६: एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित
2022/02/16, 10:08
 
ss

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगविद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई वटा खेलमा अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन् ।

प्रतियोगिता मादुवै टिमको यो लगातार दोस्रो जितहो । धनगढी स्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजितग¥यो । सैनिकले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर भेटायो । एभरेस्टका लागि रितिक थापाले ३ चौका र १ छक्का प्रहार गर्दै ३६ बलमा सर्वाधिक ४२ रन बनाए ।

यस्तै कृश ऐरले अविजित २९ रन बनाए । रितिक र कृशले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरेका थिए । सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकआवासीयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।उसकालागिगौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए ।

एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले समान दुई विकेट र कृश ऐरले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट भए । दोस्रो खेलमा सत्यवती एकेडेमीले बिद्याभुषण पब्लिक स्कुललाई ४ विकेटले पराजित ग¥यो। विद्याभुषणले दिएको १२२  रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो ।

सत्यवतीको लागि यु–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए । यस्तै सुजन गौतमले अविजित ३२ रन बनाए । आदील अन्सारीले १८ रनको योगदानदिए । विद्या भुषणको बलिङमा कप्तान शेर मल्लले दुई तथावीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको विद्या भुषणले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनाएको थियो ।

उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए । अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके। सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिँदा आदील अन्सारी, नीरज भट्ट र युवराज खत्रीले समानदुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की भए । प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँप्राप्त गर्नेछन् ।