धनगढी मेयर एलपीएल-६: होलिल्याण्डको पहिलो जित
2022/02/17, 3:05
 
aa

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत चौंथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरिया विजयी भएको छ।

धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्यो। शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतीमा १६.२ ओभरमा भेटायो।

होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए। शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र बिकाश सुनारले समान दुई विकेट लिए। यस अघि टस जितेर ब्याटिंग रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

उसको लागि बिकाश सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए। होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तिन विकेट तथा अवि नारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।