धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ः सत्यवती र होलिल्याण्ड विजयी
2022/02/18, 11:07
 
dd

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज सम्पन्न खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन्। आज भएको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ।

खेलको प्लेयर अप दी म्याच घोषित भएका सन्तोष कार्कीले सर्वाधिक छक्का प्रहारको अवार्ड पनि पाए। गेम चेन्जर अवार्ड भने सन्दीप खत्रीले पाए। आज भएको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय तेघरी होलिल्याण्डसँग ५ विकेटले पराजित भएको छ।

खेलको प्लेयर अफ दी म्याच होलिल्याण्डका कृष्ण भट्ट भए। गेम चेन्जर अवार्ड दीपक टमाटाले पाउँदा सर्वाधिक छक्का प्रहारको अवार्ड खडक बोहरा र दीपक टमाटाले पाए। प्रतियोगिता अन्तरगत भोलि पहिलो खेलमा काठमाण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र अत्तरियाको एभरेस्ट एकेडेमी आमनेसामने हुने छन्। भोलि नै दोस्रो खेलमा विद्याभुषण र गुरुकुल प्रतिस्पर्धा गर्ने छन्।