धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६  विद्याभूषण सेमिफाइनलमा 
2022/02/22, 5:09
 
aa

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत आज भएका दुई खेलमा लिटल फ्लावर स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् । विद्या भूषणले स्टेपिङ स्टोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । विद्या भूषणको जित पछि लिटल फ्लावर उपाधि होडबाट बाहिरिएको छ । 

आज भएको दोस्रो खेलमा विद्या भूषण गेटाले स्टेपिङ स्टोन माथि ८७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले अर्जुन साउद र वीरेन्द्र नाथको उत्कृष्ट पारीसँगै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायो । १ सय ८७ रनको विजयी लक्ष पछ्याएको स्टेपिङ स्टोनले १९.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । स्टेपिङका लागि दिनेश ओडले ३१, कप्तान अभिषेक कुवरले २१, विशाल विष्टले १२ र वीरेन्द्र चन्दले १० रन मात्रै बनाउन सके । 

बलिङ तर्फ विद्या भूषणका वीरेन्द्र नाथले ४, रोशन थापाले २, अर्जुन साउद, नरेन साउद, प्रवेश बुढ्थापा र वीरेन्द्र बमले समान १÷१ विकेट लिए । यस अघि विद्या भूषणका लागि विस्फोटक पारी खेलेका अर्जुन साउदले ३८ बलमा ८ छक्का र ७ चौकको मद्दतले ८९ रन बनाए । सुरुवाती पारी एक्लै सम्हालेका वीरेन्द्र नाथ ४७ बलमा ५४ रन बनाएर आउट भए । प्रदीप चन्दले १४ रन बनाए । बलिङ तर्फ स्टेपिङका कप्तान अभिषेक कुवरले ४ र आयुब चन्दले १ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच वीरेन्द्र नाथ घोषित भए । सर्वाधिक छक्काको अवार्ड अर्जुन साउँदले पाउँदा गेम चेन्जर अवार्ड अर्जुन साउँदले नै पाए ।  आजको पहिलो खेलमा लम्कीको गुरुकुल स्कुललाई ८ विकेटले पराजित गर्दै लिटल फ्लावर स्कुल विजयी भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गुरुकुलले १७.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८५ रन मात्रै बनाउन सक्यो । ८६ रनको सामान्य लक्ष पछ्याएको लिटल फ्लावरले ५.२ ओभरमा २ विकेट गुमाएर लक्ष भेट्टायो । लिटल फ्लावरका लागि विपिन रावलले उत्कृष्ट अर्धसतकीय पारी खेले ।

१६ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका विपिन ५० रनमा अविजित रहे । सुवास ऐर ८ बलमा २० र प्रकाश जैसी १० रन बनाएर आउट भए । सुवास र प्रकाशको विकेट जानु कस्गरले लिएका हुन् । यस अघि गुरुकुलका लागि कृश शाहीले ३१ बलमा २२ र कुशल न्यौपानेले १२ बलमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् ।  बलिङ तर्फ लिटल फ्लावरका रुपेश थापाले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर महत्त्वपूर्ण ५ विकेट लिए । उसका सचिन भट्टले ४ ओभरमा १३ रन दिएर ३ विकेट र सार्थक बमले १ विकेट लिए । 

खेलको प्लेयर अफ दी म्याच रुपेश थापा घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड विपिन रावलले पाए भने गेम चेन्जर अवार्ड सचिन भट्टले पाए ।  प्रतियोगिता अन्तरगत भोलि बुधवार हुने पहिलो खेलमा शारदा सरस्वती दोधारा र सैनिक आवासीय महाविद्यालय तेघरी तथा दोस्रो खेलमा सत्यवती एकेडेमी अत्तरिया र स्टेपिङ स्टोन प्रतिस्पर्धा गर्नेछन् ।  धनगढी मेयर लिटल फ्लावर प्रिमियर लगको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार पुरस्कार राशि पाउने छन् ।