सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई
2022/10/01, 7:28
 
dd

धनगढी-  लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज धनगढी रंगशालामा भएको फाईनल खेलमा लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो ।

लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो । यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए  । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो  । 

उपाधिसँगै लुम्बिनी प्रदेशले नगद नगद ५ लाख, सहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले नगद ३ लाख सहित ट्रफी मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए । उनले नगद २० हजार पाए ।

यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए ।

उनीहरुले जनही दश दश हजार पाए ।  पिएफए स्पोटर््स क्लब अत्तरियाको आयोजनामा भएको थियो ।