शाारिरीक सुगठनमा भविष्य खोजिरहेकी सुदूरपश्चिमकी चेली रेनुका 
2022/10/23, 12:45
 
dd

प्रदीप पाठक-  कञ्चनपुरको वेतकोट नगरपालिका वडा नम्बर ३ की रेनुका पातलीले पछिल्लो ५ बर्षदेखि आफु स्वस्थ हुनका लागि मात्रै जिम जान थोलेकी हुन् । तर शारिरीक तन्दुरस्तीका लागि उनले जिम थालेकोमा अहिले उनी रेणुना शारिरीक सुगठन खेलमा आफ्नो भविष्य खोजिरहेकी छिन् ।

2

उनले विद्यालय पढ्ने बेलामा फुटबल खेलेकी थिईन् । उनी फुटबलको राम्रो खेलाडी पनि थिईन् । उनले सुदूरपश्चिम प्रदेशको टीमबाट फुटबल पनि खेलिन् । तर आफ्नै विवस्ता र वाध्यताले उनले फुटबललाई निरन्तरता दिन सकिनन् । फुटबल छोडेपछि उनको शरिरले अस्वभाविक रुप लिन थालिसकेको थियो । उनलाई उच्च मावि र स्नातक तहको पढाईको चिन्ता एकातिर थियो भने आफ्नो मोटाउँदै गएको शरिरलाई कसरी फिट बनाउने भन्ने अर्को चिन्ता थियो । 

1

महेन्द्रनगरमा पढाईका लागि बस्ने क्रममा शरिरलाई स्वस्थ राख्न उनले जिम जाने निर्णय गरिन् । सुदुरपश्चिमममा पाँच बर्ष अघि जिम जानु भनेको फलामको चिउरा चपाउनु सरह थियो । उनीसँग जिम गर्ने क्रममा तीन चार जना महिला पनि थिए । तर उनीहरु सबै डाक्टरले उपचारका लागि जिम जानुपर्छ भन्ने बाध्यताले आएका थिए । उनीहरुकै बीचमा रेनुका भने रहरले जिम जान थालेकी थिईन् । 

3

उनी जिम जान थालेको तीन बर्ष पछि मात्रै परिवारमा थाहा भयो । पहिले बुझाउन गाहे भयो । तर पनि उनले आफ्नो कर्म पथलाई भुलिनन् । निरन्तर लागिरहिन् । आज आएर उनी रनुका सुदूरपश्चिमकी महिला बडिबिल्डिङ खेलाडीको रुपमा उदाईरहेकि छिन् । अहिले भने घर परिवारले पनि उनलाई साथ दिईरहेको छ । ९ औं राष्टिय खेलकुदमा यसपाली उनलाई घर परिवारका मान्छेले खुशी भएर पठाएको थियो । 

1

हालै पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामाउनले आफुलाई प्रदेशकी सम्भावना बोकेकी खेलाडीको रुपमा चिनाउन सफल भएकी छिन् । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेलमध्ये थियो । शारिरीक सुगठन अर्थात सामान्य भाषामा भन्दा बडिबिल्डिङ । यसअघि भएका खेलकुदमा बडिबिल्डिङ पनि सामावेश थियो । तर महिलाको सहभागीता पहिलो पटक यसपाली रह्यो । त्यसको श्रेय जान्छ सुदूरपश्चिम विश्वविद्यालयमा एमबीएअध्ययनरत रेनुका पातललीलाई । 

3

हुन त पश्चिमी समुदायमा अहिले पनि महिलाले टु पिस कपडामा आफ्नो शरिरलाई प्रदर्शन गर्नु राम्रो मानिदैंन । तर उनले त्यसलाई चिर्दै आफुलाई प्रमाणित गरेकी छिन् । ९ औं खेलकुदमा उनी पदक जित्नबाट एक कदम मात्रै दुर रहिन् । तर महिलाहरुको प्रतिस्पर्धामा चौथो स्थान हासिल गर्दा पनि उनले धेरैको मन भने जितिन् । 

1

पहिलो राष्टिय खेलकुद प्रतियोगिताको सहभागीतामा चौथो स्थान प्राप्त गर्दा पनि उनले यसलाई स्वर्णभन्दा कम ठानेकी छैनन् । सबैले उनलाई राम्रो प्रदर्शन गरेको भनेर गरेको प्रशंसाले उनलाई थप बलियो बनाएको छ । उनले आगामी दिनमा सुदूरपश्चिम प्रदेशका लागि स्वर्ण जितेर ल्याउने लक्ष्य बोकेकीछिन् । 

रेनुकाले हुन त २०१९ को मिष्टर नेपालमा पहिलो सहभागीता जनाएकी थिईन् । त्यसमा पनि उनले चौथो स्थान हासिल गरिन् । त्यही प्रेरणाले उनलाई यसतर्फ आकर्षित गर्न थप मदत्त मिलेको हो । उनी अबका दिनमा यसमै भविष्य खोजिरहेकी छिन् महिला बडिबिल्डिरको रुपमा । अबका दिनमा उनी आफु मात्रै होईन अरु महिलालाई पनि बडिबिल्डिङ अर्थात जिम मार्फत आफ्नो क्षमता देखाउन अग्रसर हुने तयारीमा लागेकी छिन् । उनलाई सहयोग गर्न तम्तयार भएर अगाडी आएका छन् बडिबिल्डिङ प्रशिक्षक मोहन तामाङ । पोखरामा उनलाई सबैभन्दा बढी प्रशिक्षण र कला देखाउन हौसाएका मोहन रेनुका जस्तै अन्य महिलाहरुलाई पनि यसैक्षेत्रमा राम्रो सम्भावना देखाईरहेका छन् । 

एक दशक अघि बडिबिल्डिङ मार्फत सुदूरपश्चिमलाई चिनाउन खोजेका मोहन आफै केही बर्ष विदेशिए । तर फर्किएपछि रेनुका जस्तै महिलालाई प्रोत्साहन गर्न मात्रै लागेनन् बडिबिल्डिङ खेललाई अगाडी बढाउँदै ९ औं राष्टिय खेलकुदमा पहिलो पटक यो खेलमा रजत पदक जिताएर ईतिहास पनि रचे । 

रेनुका लगायत अन्य महिलालाई पनि यसमा आबद्ध गराउने र प्रदेशलाई बडिबिल्डिङमा पदक जिताउने चाहना बोकेका मोहनको हौसलाले आफुलाई थप उर्जा दिएको रेनुकाको अनुभव छ । उनी अरु महिलालाई पनि बडिबिल्डिङ खेलमा लाग्न पहल गर्ने बताउँछिन् । तर उनलाई बडिबिल्डिङ खेल प्रतिको व्यवहार भने पटक्कै चित्त बुझेको छैन । 

बडिबिल्डिङ खेलको विकासमा प्रदेश सरकार र खेलकुद निकायले पहल गर्नुपर्ने विचार राख्ने रेनुकालाई यो खेलमा भईरहेको अहिलेको व्यवहारले दुःखी बनाएको छ । उनको सुझाव छ की पहिले प्रदेशका खेलकुद सम्बद्धहरुले यसलाई बुझ्नु पर्यो र यसमा लगानी बढाउनु पर्यो । अन्य खेलका खेलाडीहरुलाई जस्तै बडिबिल्डिङका खेलाडीलाई पनि प्रदेशले लगानी गर्ने हो भने पदकको सपना धेरै टाढा नरहेको ठान्छिन् उनी । त्यसका लागि उनी आफु त स्वयम तयार छन नै आफु जस्तै अन्य महिलालाई पनि यसमा लगाउने सोचमा रहेकीछिन् ।