नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कैलालीका खेलाडीहरू सम्मानित 
2022/10/26, 12:52
 
ss

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता कैलालीका प्रशिक्षक तथा खेलाडीहरूलाई कैलाली उद्योग वाणिज्य सङ्घले आज सम्मान गरेको छ ।

No description available.

संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट कैलाली जिल्लाको प्रतिनिधित्व गरि पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

No description available.

प्रतियोगितामा १० गोल्ड, १० रजत र ४३ काश्य गरि कुल ६३ पदक जित्न सफल सुदूरपश्चिम प्रदेश प्रतियोगितामा ७ औँ स्थान ओगट्न सफल भएको थियो ।नवौँ राष्ट्रिय प्रतियोगितामा कैलालीबाट प्रतिनिधित्व गर्ने खेलाडीले प्रतियोगितामा कराँते र फेन्सिङ्गमा गोल्ड मेडल जित्न सफल भएका थिए । त्यस्तै उसुमा ३ रजत, बक्सिङ १ रजत, रग्बी, खोखो, ब्याडमिन्टन १र१ रजत मेडल प्राप्त गरेका थिए ।

No description available.

विजेता खेलाडीहरूलाई संघका अध्यक्ष पुष्पराज कुँवर, वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पूर्व अन्तर्राष्ट्रिय कराँते खेलाडी मकेन्द्र बहादुर सिंह लगायतले सम्मान गरेका थिए ।नवौँ राष्ट्रिय प्रतियोगितामा समावेश खेल मध्ये ३६ खेलमा सुदूरपश्चिम प्रदेशबाट ७२२ जना खेलाडीको सहभागिता रहेको थियो ।