बझाङमा खडेरीका कारण गहुँको उत्पादनमा ह्रास
2023/04/25, 12:08
 
ss

बझाङका कृषक अहिले हिउदे बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ–जौ काट्ने, चुट्ने , बाली भित्र्याउने चटारो बढेको हो। यस वर्ष अघिल्लो सातासम्म पानी परेर मौसम प्रतिकूल देखिएका कारण केही ढिलो गरेर गहुँ काट्ने काम हुँदैछ।

केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन्। गहुँ काट्न ढिलो गर्दा जिल्लाको तल्लो केही भागमा बाली अत्यधिक पाकेर काट्दा गहुँको बाला टुट्रनुको साथै बाला समेत कालो हुन थालेको छ।

खेतमा गहुँ काट्दै गरेको अवस्थामा भेटिएका रामसिह बोहराले यस वर्ष गहुँबाली राम्रो भएको बताए। ‘गत वर्ष गहुँको फूल फुल्ने बेला पानी बढी परेपछि दाना कम लागेको थियो। यो वर्ष खडेरी परेपनि सिचाइ भएको ठाउँमा उत्पादन राम्रो भएको उनले बताए।  धेरैजसो किसानले हातैले गहुँ चुट्ने गरीरहेका छन् भने कतीपयले जिल्लामा आएका थे्रसरबाट गहु चुट्ने काम गरीरहेका छन्।

हातले गहुँ चुट्दा धेरै दिन लाग्ने भएकाले मेसिनबाट नै अधिकासले गहुँ चुट्ने गरेको बताएका छन्। यो जिल्लामा कुल १४ हजार  हेक्टर जमिनमा गहुँ खेती हुँदैआएको कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेक बहादुर विष्टले बताए। जस मध्ये तल्लो तटिय क्षेत्रको गहुँ ४५५ हेक्टर क्षेत्रमा कटानी गरीसकेको र मध्य तथा उच्च क्षेत्रको ५५५ हेक्टरमा गहुँ कटानी गर्न बाँकी रहेकाले जेठ १५ सम्म सबै गहुँ बाली काट्नेछन्।

जिल्लाको मध्य तथा तल्लो तटिय क्षेत्रमा उत्पादन गत बिगतजस्तैै सामान्य रहेको भएपनि उच्च क्षेत्रको गहुँमा भने लामो खडेरीका कारणे अघिल्लो वर्षको तुलनामा  १५ देखि २० प्रतिशत उत्पादनमा ह्रास आउने अनुमान कृषि ज्ञान केन्द्रको छ।