कैलाली प्रिमियिर लिगः अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिता सुरु
2023/05/21, 7:19
 
ss

कैलालीको धनगढी र लम्की चुहामा कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ । कैलाली कञ्चनपुरका स्थानीय तहहरुको टीमले सहभागीता जनाएको कैलाली प्रिमियर लिग अन्तरपालिका टी २० क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको धनगढीमा प्रदेश सभा सदस्य ललिता सुनारले उद्घाटन गर्नुभयो । 

1
प्रतियोगिता अन्तर्गत आज धनगढीमा भएको खेलमा धनगढी उपमहानगरपालिका विजयी भएको छ । धनगढीले पुर्नवास नगरपालिकालाई हराएको हो । यस्तै लम्की चुहा नगरपालिकामा भएको खेलमा लम्की चुहा नगरपालिका विजयी भएको छ । लम्की चुहाले बर्दगोरिया गाउँपालिकालाई हराएको हो । 

3
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार नगद प्राप्त गर्नेछन् । 

1