चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने 
2023/05/24, 5:41
 
ss

चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो । पछिल्ला तीन बर्षदेखि बर्षेनी हुदैं आएको चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ आगामी असार ८ गते धनगढीमा आयोजना गर्नका लागि तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।  

1

२०७९ सालको बैशाखदेखि चैत मसान्तसम्म सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरुमा अवार्ड वितरण गरिने भएको छ । बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, बर्षको उत्कृष्ट प्रशिक्षक, बर्षको युवा खेलाडी, सुदुरपश्चिम आईकन पुरुष तथा महिला, लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले बताए । उनका अनुसार लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधाहरुमा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ । 

1

अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । सुदुरपश्चिम आईकन पुरुष तथा महिलाको विजेताले नगद २० हजार सहित  ट्रफी प्राप्त गर्नेछन् । बर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाईफटाईम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र बर्षको युवा खेलाडीले नगद २५ हजार  सहित ट्रफी प्राप्त गर्नेछन् । सुदुरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन बर्षदेखि सुदुरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ ।