फारवेष्ट पशुपति कपः बीएस १५ र ईलाइट युवा क्लब सेमिफाइनलमा
2023/12/28, 11:46
 
ss

कैलालीको धनगढीमा जारी छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । बुधवार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । स्टार सिटी र आयोजक फारवेष्ट पशुपति युवा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

बुधवार दिनको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १–१ गोल गरे । खेलको १३ औँ मिनेटमा हरिस कडायतको गोल मार्फत अग्रता बनाएको बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको ४ मिनेट पछि गोल फर्काएर खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो । खेलको म्यान अफ दी म्याच हरिस कडायत चुनिदा उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे ।

बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५–१ गोल अन्तरको फराकिलो जित दर्ता ग¥यो । इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे । उनले खेल सुरु भएको १० औँ मिनेटमै पहिलो गोल गरेर टिमलाई उत्साह तर्फ अघि बढाउँदा त्यसको १ मिनेटपछि ११ औँ मिनेटमा अर्को गोल गर्ने अवसर बनाए । खेलको ३५ औँ मिनेटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपाल प्रहरीको टिम ३–० गोल अन्तरले पछि प¥यो । दोस्रो हाफको ९ औँ मिनेटमा विनोदले आफ्नो ह्याट्रिक पुरा गरे । दोस्रो हाफको २० औँ मिनेटमा इलाइटका अनुज गैरेको गोल मार्फत फराकिलो अग्रता बनाएको टिम विरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनेटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनल पुगेको हो । खेलको म्यान अफ दी म्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए । उनले नगद ५ हजार पुरस्कार र ट्र्रफी प्राप्त गरे ।

प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउसो २ बजे आयोजक फारवेष्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन् । शनिवार फाइनल खेल हुने छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।