धनगढीमा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता हुने 
2023/12/28, 7:34
 
dd

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा स्टेपिङ स्टोन जुनियर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।

प्रतियोगिता पुस १४ गतेदेखी सञ्चालन हुने छ। एकेडेमीले बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता हुने जानकारी गराएको हो। खेल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्रिकेट मैदानमा पुष १४ गते देखी २१ गते सम्म सञ्चालन हुने छ।

प्रतियोगितामा सहभागी विद्यालयले कक्षा ८ भन्दा माथिका विद्यार्थि राख्न पाउने छैन्। प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने धनगढी क्रिकेट एकेडेमीका निर्देशक समुयल न्यौपानेले बताए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र ४ महिनाको छात्रवृत्ति पाउने छन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरले नगद १ हजार सहित क्रिकेट एकेडेमीमा निशुल्क भर्ना र २ महिनाको छात्रवृत्ति पाउने छन् भने उदयमान खेलाडीले क्रिकेट एकेडेमीमा निशुल्क भर्ना एवं ट्रफि, मेडल र प्रमाणपत्र पाउने धनगढी क्रिकेट एकेडेमीका निर्देशक न्यौपानेले बताए।