फारवेष्ट पशुपति कपः उपाधि जित्ने दुबै टोलीको दाबी 
2023/12/29, 4:40
 
ss

एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि जित्ने दावी साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लबले गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेल अघिको प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दावी गरेका हुन् । स्टार सिटी र ईलाईटका प्रशिक्षक तथा कप्तानले उपाधि आफ्नो टीमले जित्ने बताएका छन् । 

स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर च्याम्पीयन हुने बताए । उनले पाएका मौकाहरुलाई सही सदुपयोग गर्दै उपाधि जित्नका लागि सबै खेलाडीहरुले शत प्रतिशत दिने बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जित्ने बताए । उनले खेलाडीहरु सबै फिट रहेकोले खेलाडीहरुले आफ्नो क्षमता अनुसार र विपक्षी टीमका खेलाडीहरुको खेलको आधारमा रणनिति बनाएर खेल्ने बताए । 

6

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले उपाधि जित्ने बताएका छन् । ग्रामीण क्षेत्रका खेलाडीहरुसँगै राष्ट्रिय खेलाडी र दुई जना विदेशी खेलाडी टीममा रहेको र खेलाडीहरु बीच पछिल्ला खेलहरुमा तालमेल मिल्दै गएकोले उपाधि जित्ने गरी खेल्ने उनले बताए । उनले खेलाडीहरु शारिरीक र मानसिक रुपमा क्लबलाई उपाधि जिताउनका लागि खेलाडीहरु तयार रहेकोले पनि नतिजा आफ्नोतिर आउनेमा ढुक्क रहेको बताए । ईलाईटका प्रशिक्षक अमर चौधरी पनि अनुभवी युवा र उदयमान खेलाडीहरुको समिश्रण राम्रो रहेको र सबै जना खेलाडीहरुको तालमेल मिलिरहेको बताउँदै उपाधि जित्ने बताए । उनले धनगढीको प्रतिष्ठित क्लबसँगको फाईनल खेल खेल्नका लागि सम्पुर्ण रुपमा तयार रहेको बताउँदै पहिलो सहभागीततमामै क्लबलाई ठुलो उपलब्धीको रुपमा उपाधि दिलाउन खेल्ने जानकारी दिए । 

6

गत बर्षको विजेता स्टार सिटी लगातार दोस्रो पटक उपाधिमाथि कब्जा गर्न चाहन्छ । उसका कप्तान कप्तान कुवेर सिंह सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् भने उनको नाममा एक ह्याट्रिक पनि छ । उनी हालसम्म खेलिएका तीन खेल मध्ये दुई खेलमा म्यान अफ द म्याच भएका छन् । यसका साथै स्टार सिटीमा रहेका नेपाली राष्ट्रिय टोली र ए डिभिजन क्लबाट खेलेका खेलाडीहरुका साथै धनगढी र विभिन्न स्थानका खेलाडीहरु भएका कारण स्टार सिटी उपाधि जित्ने गरी मैदान उत्र्रिनेछ । 

पहिलो खेलमा पुर्नवास नगर खेलकुद विकास समितिलाई २–० ले हराएको स्टार सिटीले क्वाटरफाईनलमा घोडाघोडी युबा क्लबलाई १–० ले हराएको थियो । सेमिफाईनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै स्टार सिटीले बिएस १५ स्पोर्टस एकेडेमीलाई ६–२ ले हराएर उपाधि नजिक पुगेको हो । हालसम्मका खेलमा एकै खेलमा त्यो पनि एक हाफमा सबैभन्दा बढी ८ गोल भएको खेल नै स्टार सिटी र बिएस १५ बीचको रहेको छ । स्टार सिटीले हालसम्म दुई गोल खाँदा विपक्षीको पोष्टमा ९ गोल गरेको छ । फाईनलसम्मको यात्रामा बलिया र उपाधि दावेदार टोलीलाई हराएकोले स्टार सिटीले उपाधि जित्नका लागि उत्कृष्ट प्रदर्शन गर्ने क्लबले जनाएको छ ।  

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट क्लब पनि पहिलो सहभागीतमा पहिलो उपाधि जित्न चाहन्छ । प्रतियोगितामा हालसम्म भएका दुई ह्याट्रिकमा एक ह्याट्रिक गरेका हरिश भट्ट ईलाईटमा छन भने उनी सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । यस्तै निकै लामो समयदेखि सुदुरपश्चिमको फुटबलसँग आबद्ध भएका खेलाडीहरुका साथै दुई जना विदेशी खेलाडीको प्रदर्शनले ईलाईटले फाईनलसम्मको यात्रा तय गरेको हो । फाईनलसम्मको यात्रामा ईलाईटले सबैभन्दा कम १ गोल मात्रै खाएको छ भने हालसम्म ९ गोल गरेको छ । जस कारण पनि ईलाईटले उपाधिमाथि दावेदारी गरिरहेको छ । पहिलो खेलमा अल स्टार्स स्पोर्टस एकेडेमीमाथि १–० को जित निकालेको ईलाईटले क्वाटरफाईनलमा नेपाल प्रहरी सुदुरपश्चिम प्रदेशलाई ५–१ ले हराएको थियो । सेमिफाईनलमा बलियो आयोजक फारवेष्ट पशुपति युवा क्लबमाथिको ३–० को जितले टोलीलाई उच्च मनोबलमा राखेको छ । उपाधि जितेर लैजाने पक्षमा रहेको ईलाईटले जनाएको  छ । 

6

छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।