सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको दोश्रो साधारण सभा सम्पन्न
2024/01/09, 11:21
 
11

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको दोश्रो साधारण सभा धनगढीमा सम्पन्न भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले साधारणसभाको उदघाटन गरेका हुन ।

साधारणसभाको उदघाटन गर्दै मन्त्री धामीले बिश्वसामु नेपाल चिनाउन सफल तेक्वान्दो खेलको लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्न आफू सधै तयार रहेको बताए । उनले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न आग्रह गर्दै प्रतियोगिता सफल पार्नका लागि आफुले कुनै कसर बाकी नराख्ने समेत प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले जिल्ला अनि प्रदेश बलियो भएमात्रै संघ बलियो हुने बताए । उनले साउथ एसियन प्रतियोगिता देशको नाम राख्ने एकमात्रै खेल तेक्वान्दो भएको बताउदै महासचिव गुरुङले सुदुरपश्चिममा तेक्वान्दोको बिकासका लागि लाग्न आग्रह गरे ।

साधारणसभाको अध्यक्षता गरिरहेका प्रदेश अध्यक्ष शुवास शाहीले जसरी क्रीकेट र फुटबलको लागि आफु ब्यक्तिगत रुपमा लागेकोमा अब फुटबल संगै तेक्वान्दोको लागि समेत सकृय भएर लाग्ने बताए । भर्खरै सम्पन्न एनएसएल फुटबलमा धनगढी फुटबल क्लब उपबिजेता भएको बताउदै अध्यक्ष शाहीले फागुनमा तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताका लागि फुटबलबाट प्राप्त १५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गरे । 

साधारणसभामा प्रदेशको प्रतिनिधित्व गर्दै पदक जित्ने विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको थियो ।