सामुदायिक वनका पदाधिकारीहरुले भने–‘पुर्व काठ व्यवसायी सांसद आलेले गरेको छानविन निष्पक्ष हुदैंन, हामी मान्दैनौं’ 
2020/07/15, 2:39
 
cdo

कैलालीका सामुदायिक वनहरुले पुर्व काठ व्यवसायी सांसद प्रेम आले मगरले वैज्ञानिक वनमा भएको अनियमितता वारेमा गरेको छानविन नमान्ने उद्घोष गरेका छन् । कैलालीका सामुदायिक वनहरुले सांसद आलेको छानविन मान्ने नहुदै भन्दै  अर्को  छानविन समिति पठाउन माग गरेका छन् ।
सामुदायिक वनका पदाधिकारीहरुले सांसद प्रेम आलेको पृष्ठभूमी काठ व्यवसायी रहेको भन्दै उनले गरेको छानविन आफुहरुलाई मान्य नहुने र उनीमाथि कानूनी कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । 

1

वैज्ञानिक वन व्यवस्थापनमा अनियमितता भएको उजुरीका आधारमा अध्ययनका लागि आएको संसदीय टोलीमा रहेका सांसद प्रेम आलेले उपभोक्ताहरुलाई धम्काएको भन्दै कानूनी कारवाहीको माग गर्दै कैलालीका ६८ वटा सामुदायिक वन उपभोक्ता समुहहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएका हुन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उप समितिका सदस्य तथा डोटीबाट निर्वाचित सांसद प्रेम आलेले अध्ययनका क्रममा गरिएको स्थलगत निरिक्षणमा ऐश्वर्य सामुदायिक बन पथरैयाका अध्यक्ष केशव शाही, जनकल्याण सामुदायिक वनका अध्यक्ष जय गिरी लगायतलाई अपशब्द प्रयोग गरी धम्काएको र सामुदादयिक वनका पदाधिकारीहरुको मानर्मदन हुने गरी अभिव्यक्ती दिएकोले उनीमाथि कानून अनुसार कारवाहीको माग समेत ज्ञापन पत्र मार्फत गरिएको छ । 

1

3

4

5

6

7

8

9

सामुदायिक वनका पदाधिकारीहरुले ज्ञापन पत्रमा आफ्नै पृष्ठभूमी काठ व्यवसायी रहेकोले सांसद आले सम्मिलित टोलीले गर्ने छानविन निष्पक्ष नहुने ठहर गरेका छन् । अर्को संसदीय छानविन टोली पठाउन समेत सामुदायिक वनहरुले माग गरेका छन् । ज्ञापनत्र पत्रमासांसद आलेले संसदीय अनुगमन गर्दा आफ्नो नजिकका पार्टी कार्यकर्ता प्रयोग गरेको, घुस सहित पक्राउ परी निलम्बनमा रहेका सहायक वन अधिकृत सुरेश चन्द्र डिसीलाई विज्ञका रुपमा प्रयोग गरेको र बाहुबली शैलीमा आफुहरुको अपमान गरेको आरोप लगाएका छन् । 

2

जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेमा डिभिजन वन कार्यालय पहलमानपुर मातहतका २९ र डिभिजन वन कार्यालय धनगढी मातहतका ३९ सामुदायिक वन रहेका छन् । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका छन् ।