सरकारले सुदुरपश्चिम पठाएका ३३ जना डाक्टर फर्किए
2020/05/15, 7:04
 
yeti

सरकारले सुदूरपश्चिम पठाएका ३३ जना डाक्टरहरु काठमाण्डौं फर्किएका छन् । कोरोना भाईरस रोकथाम र नियन्त्रणमा खटाईएका ३३ जना आवसीय चिकित्सकहरु फर्किएका हुन् ।

गत बैशाख ५ गते स्वास्थ्य मन्त्रालयले यति एयरको जहाज चार्टर्ड गरेर चिकित्सकलाई धनगढी पठाएको थियो । उनीहरु आज काठमाडौँ फर्किएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए । 

विश्वभरी नै कोरोनाको महामारी फैलिएका बेला सुदूरपश्चिम पनि उच्च जोखिममा रहेकोले सरकारी छात्रवृत्तिमा पढिरहेका ३३ आवासीय चिकित्सकलाई सुदुरपश्चिम पठाएको थियो । उनीहरुमध्ये १४ सेती प्रादेशिक अस्पताल, महाकाली अस्पतालमा चार, अछाम, डडेल्धुरा, बझाङमा तीन÷ तीन जना बैतडी, दार्चुला र कैलालीको टीकापुरमा दुई÷दुई जना खटिएका थिए ।