विदेश मोह त्यागेर बनेका बैंकर
2020/09/14, 11:42
 
deepak joshi main photo

सीताराम ओझा- युवा पुस्ताको सोच नेपालमा पढेर विदेश जाने हुन्छ । विदेशमा राम्रो कमाई हुने आशामा विदेश पलायन हुने युवा पुस्ताको संख्या बढिरहेको हुन्छ तर विदेश जानका लागि पढेर पछि त्यही मोह त्यागेर आफ्नै देशमा केही गरौं भन्ने सोच भएका युवाहरुको संख्या थोरै छ । तीनै मध्येमा एक हुन् ३५ बर्षीय दिपक जोशी । 

1

बीबीए सक्काएर उनका धेरै साथीहरुको गन्तव्य विदेश भयो तर उनी आफ्नै देशमा बसेर केही गरौं भन्ने सोचले बैकिङ क्षेत्रमा लागेको १२ बर्ष भएको छ । उनी अहिले सिभिल बैंकको प्रदेश प्रबन्धक भएर काम गरिरहेका छन् । उनलाई सुदुरपश्चिम प्रदेशको प्रबन्धक भएर जिम्मेवारी दिएको एक बर्ष वितेको छ भने उनको सिभिल बैंकमा आबद्धता भएको दुई बर्ष वितिसकेको छ ।

2

यो अवधिमा उनले गडमगाएको सिभिल बैंकको धनगढी शाखालाई सही दिशातर्फ लगे । जहाँ बढी चुनौती हुन्छ त्यही अझ राम्रो काम गर्न सकिन्छ भन्ने सोचले नै उनी अगाडी वढिरहेका छन् । धनगढी उनका लागि परिचित शहर, सबैको सहयोगले स्थापित हुन सकेको तर्क गर्छन उनी । टीम पनि राम्रो भएकोले बैंकको स्थितिलाई सुधार गर्न सकेकोमा गर्व गर्छन् उनी । 

2

बैंकका ६ वटा शाखा छन् सुदुरपश्चिमभरी । अन्य शाखाहरु पनि विस्तारको योजना थियो । तर कोरोना प्रभावले त्यो योजना अगाडी वढ्न सकेको छैन् । बैंकिङ क्षेत्रमा लागेर मान प्रतिष्ठा र ईज्जत कमाएका छन् उनले ।  लघु कर्जादेखि विपन्न वर्गहरुमा लगानी गरेमा आर्थिक समृद्धि हुने सोच छ उनको ।

1

त्यसैले पनि तीन शाखालाई गाउँपालिकामा स्थापना गरिएको बताउँछन् दिपक । साना तथा मझौला उद्योगलाई वढी प्रोत्सहान गरिरहेका छन् । सुदुरपश्चिमका लागि सुदुरपश्चिममै उत्पादन गर्न सकेमा प्रदेशको समृद्धि हुने सपना देखेका छन् उनले । भारतबाट मालसामान ल्याएर त्यसको व्यापार गरेमा मात्रै केही नहुने बरु उद्योगहरु स्थापना हुनुपर्ने तर्क राख्छन् । 

1

प्रदेश प्रबन्धक भएर जिम्मेवारी निभाउन सजिलो भएको छ उनलाई वैंकका सवै शाखा र विभागमा काम गरेको भएर । उनलाई बैंकको जरादेखि टुप्पोसम्म सबै थाह छ । बैंकको तल्लो तहदेखि माथिल्लो तहसम्म काम गरेका छन् उनले । सवै विभागहरुमा बसेर सेवा प्रवाह गरेका उनले । त्यही भएर सवै विभागको अनुभव र ज्ञानकै करण ठुलो टीमलाई हाक्न सहज भएको उनको भनाई छ । कामसँगै क्षमता र ज्ञान वृद्धि गरेमा काम गर्न समस्या नहुने उनको तर्क छ ।

1

आफुलाई दिईएको जिम्मेवारी निभाउनका लागि क्षमता अभिवृद्धि गर्दै आत्मविश्वासका साथ अगाडी वढेमा कामको नतिजा दिन सकिन्छ भन्छन् उनी । त्यही भएर काम प्रतिको लगाव लगनसिलताले नै यहाँसम्म आईपुगेका छन् उनी । विदेश जाने सपना छोडेपछि लागेको बैकिङ क्षेत्रमै केही गर्ने सोच छ उनको । डोटीको उडितोलाको शिक्षित परिवारमा जन्मिएका दिपक जोशीले बाल्यकालका केही बर्ष उतै विताए । कक्षा ५ सम्म गाउँमै पढेपछि कक्षा ६ पढ्न धनगढी आए । द गार्डनर स्कुलमा पढे ।

2

त्यसपछि उनी विद्यालय तहकै पढाईका लागि काठमाण्डौं लागे । कक्षा ७ देखि प्लस टुसम्म ज्ञानोदय स्कुलमा पढे । थेम कलेजमा बीबीए र एसीई कलेजमा एमबीए पढे । स्नातकको पढाई सकिने वित्तिक्कै बैंकमा आवेदन दिए । पहिलो पटकमै नाम निस्क्यो । माच्छापुच्छे बैंकको न्युरोड शाखामा टे«नी एसिस्टेन्टको रुपमा काम थाले । झण्डै ४ बर्ष काम गरे त्यहाँ । दिनभरी बैंकको जागीर र राती ६ देखि ९ बजेसम्म एमबीएसको कक्षासँगै लिए । उनका धेरै साथीहरु विदेश गईसकेका थिए ।

2

उनलाई विदेश आउन साथीहरुले वोलाईरहेका थिए । तर उनले त्यसलाई प्रवाह गरेनन् । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच पलायो । धनगढी आए । सेन्चुरी बैंकमा अप्रेशन ईन्चार्ज भएर काम गरे । झण्डै दुई बर्ष काम गरेपछि मेघा बैंक लागे । धनगढी शाखामा दुई बर्ष र काठमाण्डौंमा एक बर्ष काम गरे ।

1

मेघामा अप्रेशन ईन्चार्ज र कर्जा फाँटमा काम गरे । त्यसपछि उनी सिभिलमा आएर पछिल्लो दुई बर्षदेखि यही बैंकमा कार्यरत रहेका छन् । एक बर्ष शाखा प्रबन्धक भएर काम गरेपछि पछिल्लो एक बर्षदेखि सिभिल बैंकको सुदुरपश्चिम प्रदेश हाकिरहेका छन् । 

1

उनका बुबा सरकारी जागीर आमा स्वास्थ्य स्वयमसेविका । उनी मात्रै बैंकर । पहिलो पुस्ता सरकारी जागीर, दोस्रो पुस्ता डाक्टर ईन्जिनियर । उनी मात्रै परिवारका एक्ला बैंकर हुन् । वैवाहिक जीवनमा बाँधिएको पनि सात बर्ष वितिसकेको छ । ५ बर्षका छोरा छन् । परिवार सहित वैयावेहडीमा वसाई छ ।

1

सुदुरपश्चिममा सम्भावना देख्ने अर्का बैंकर हुन् उनी पनि । कृषि र पर्यटनमा धेरै सम्भावना छ भन्छन् । यसक्षेत्रको विकासमा बैंकहरुले पनि भुमिका खेल्नुपर्ने बताउँछन् । त्यसका साझेदारी गरेर अगाडी वढ्न आवश्यक रहेको देख्छन उनी  । बैंकमा एक जुगे विताएका दिपक जोशीलाई आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना । 

2