नयाँ जीवन पाएका क्रिकेटर ललितको मैदान फर्किने हुटहुटी
2020/10/24, 12:01
 
lalit bhandari

 क्रिकेटर ललितसिंह भण्डारी भदौ २८ गते साँझ महेन्द्रनगरबाट धनगढी जाँदै थिए । उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो । दुर्घटनामा गम्भीर घाइते भएका ललितको स्वास्थ्य अवस्थामा अहिले तीव्र सुधार हुँदै गएको छ । स्वास्थ्यले साथ दिए अर्को वर्षसम्ममा मैदान फर्किने उनको चाहना छ ।

1

2

1

दुर्घटनापछिका दुई दिन ललितको अवस्था चिन्ताजनक थिया । अचेत भएका ललितलाई उपचारका लागि कोहलपुरबाट नेपालगन्ज मेडिकल कलेज पु¥याइएको थियो । अर्को दिन उनलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो । दुर्घटनामा ललितको दायाँ हात, खुट्टा, टाउको, छाती, कुम र एंकलमा चोट लागेको थियो । उनको हात र खुट्टाको शल्यक्रिया नै गर्नुप¥यो । झन्डै ३ साताको अस्पताल बसाइपछि उनी असोज २० गते डिस्चार्ज भए ।

2

1

अहिले उनको दायाँ खुट्टामा बढी समस्या छ । वाकरको सहायतमा हिँड्ने उनी घरमै हरेक २ दिनमा ड्रेसिङ गराइरहेका छन् । डाक्टरको सल्लाहमा सातामा एक पटक अस्पताल जाने गरेका छन् । ‘दुखाइ पहिलोभन्दा निकै कम छ, सर्जरी गरेको ठाउँमा कहिलेकाहीँ दुख्छ,’ ललित भन्छन् ।

4

1

दुर्घटनापछि ललितले नयाँ जीवन पाएको महसुस गरेका छन् । ‘दुर्घटनाको क्षण सम्झिँदा साह्रै नमज्जा लाग्छ,’ ललित भन्छन्, ‘तर आफूलाइ भाग्यमानी ठान्छु । त्यो अवस्थामा पुगेको मान्छै कमै मात्र बाँच्छन् भन्ने सुनेको थिएँ । त्यसमध्ये पनि पनि एक हुँ ।’ ललितको उपचारमा सघाउनेमा क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) सबैभन्दा अगाडि रह्यो ।

2

2

सरकारले उपचार गर्देला भन्ने आशा गरेको भए सायद परिस्थित अर्कै हुन्थ्यो । ललितको उपचारका लागि सिप्यानले आर्थिक संकलन अभियान नै चलायो । त्यही संकलित रकमबाट नै हेलिकोप्टरको भाडा तिर्नदेखि उपचार खर्च धानियो । सिप्यानका महासचिव पारस खड्काले केही दिन अघि सामाजिक सञ्जालमा १२ लाख रुपैयाँ उठेको जानकारी गराएका थिए ।

2

1

ललितको उपचारका क्रममा सक्रिय रहेका राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका पारसले ललितको स्वास्थ्यमा देखिएको सुधार चमत्कार भएको जनाएका छन् । पारसले ललितको मनोबल र उनकी श्रीमतीको साथको पनि प्रशंसा गरेका छन् । ‘रमाइलो गर्नुपर्ने, हाँसिराख्नुपर्ने मान्छे । निकै सुधार भएको छ । डाक्टरहरुका अनुसार केही समयपछि अर्को एउटा शल्यक्रिया गर्नुपर्ने छ । आशा गरौं उनी एक वर्ष जतिमा मैदान फर्कनेछन्,’ पारसले भने ।

1

1

 ललितको होस कोहलपुर अस्पतालमा खुलेको थियो । ‘मलाइ के के भएको छ पनि थाहा थिएन । त्यो बेलामा डाक्टरहरुले पारस दाइले काठमाडौँ ल्याउन भन्नुभएको छ मात्र भन्नुभयो,’ ललित भने, ‘काठमाडौँ आएपछि मात्र अपे्रसन गर्नपर्छ भन्ने थाहा पाएँ ।’ आफ्नो उपचारमा सिप्यान, पारस, पारसकी श्रीमती प्राप्ती राना र पत्रकार सोनिका अर्यालले निकै सहयोग गरेको ललित बताउँछन् ।

2

1

‘सिप्यानले धेरै सहयोग ग¥यो । सँगै खेलेका साथीहरुको पनि राम्रो सहयोग पाएँ । क्रिकेट समर्थकको साथ र सहयोग पाएँ,’ उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । गाह्रो अवस्थामा मलाई साथ दिनुभयो ।’ चितवन टाइगर्स लगायत अन्य केहीले संस्थागत र व्यक्तिगत रुपमा पनि उनको उपचारमा सहयोग गरेका थिए ।

2

1

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलावल उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए । सिलवालले राखेपबाट सहयोग गर्ने वचन पनि दिएका थिए । तर, सरकारका तर्फबाट उनलाई कुनै सहयोग प्राप्त भएन ।

छिट्टै मैदान फर्कने आशा
ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर थिए । उनी नेपाल पुलिस क्लबमा आबद्ध छन् । अवस्था सुधार हुँदै गए सात आठ महिनामा मैदान फर्किने हुटहुटी छ । ‘डाक्टरहरुले पहिले जस्तै खेल्न सक्छौ भन्नु भएको छ । आराम मिल्दै गएपछि फिजियो गरेर पहिलेकै अवस्थामा मैदान फर्कन सक्छु भन्ने आशा छ,’ उनले भने ।

1

राष्ट्रिय टोलीमा पुनरागमनको आशा पनि उनलाई छ । कमब्याक गर्न सक्छु भन्ने लाग्छ । तर त्यसका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । म आफ्नोतर्फबाट पूरा प्रयास गर्नेछु,’ उनी भन्छन् । कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा जन्मिएका ललितले सन् २०१० देखि उमेर समूहबाट क्रिकेट खेल्न थालेका थिए । २०१३ को यु–१९ युथ एसिया कपमा पहिलो पटक देशका लागि उनले खैल्ने मौका पाएका थिए ।

4

1

5

पाकिस्तान विरुद्धको डेब्यु खेलमै २ विकेट लिएर ललितले आफ्नो क्षमता देखाए । बायाँ हाते तीव्र गतिका बलर उनले २०१७ मा सिनियर टोलीमा मौका पाए । संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा घरेलु टोली विरुद्ध उनले डेब्यु गरे ।

4

1

सोही वर्ष नेदल्यान्ड्ससँगको एकदिवसीय सिरिजमा १ रनले जित निकाल्ने क्रममा उनले २ विकेट लिएका थिए । साथै डीपीएलको दोस्रो संस्करणमा उनी मोस्ट भ्यालुएबल प्लेयर बनेका थिए ।

2