बझाङको छविस पाथिभेरामा परिक्षा नै नगरी नेकपाको कार्यक्रर्तालाई शिक्षक नियुक्ति
2020/11/26, 6:28
 
rajniti

बझाङको छविस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिमा परिक्षा नै नगरी नेकपाको कार्यक्रर्तालाई भर्ना गरेको आरोप लागेको छ ।

विद्यालयको मावि तह अगेंग्री विषयको राहत दरबन्दिमा परिक्षा नै नगरि ठाडो राजनैतिक नियुक्ति गरिएको आरोप लागाइएको छ । विधि र विधान विपरित स्थानिय जनक धामीलाइ पैसा र राजनितिक पावरको भवरमा एकलौटी नियुक्त गरेको भन्दै दरखास्त पेश गरेका तिन जना उम्मेद्धारले आपत्ति जनाएका छन् ।

विद्यालयले खुलाएको दरबन्दिमा दरखास्त पेश गरेका मध्ये तिन जना उम्मेद्धारले परिक्षा केन्द्र छविस पाथिभेरा गाउँपालिका तोकिएकोले पारदर्शी र निष्पक्ष हुननसक्ने भन्दै परिक्षा स्थगित गराइपाँउ भनेर जिल्ला स्थित शिक्षा समन्वय ईकाइ, गाउँपालिकाको शिक्षा शाँखा र विद्यालयका प्रधानाध्यापकलाई लिखित निवेदन पेश गरेका छन् ।

निवेदनमा छविस पाथिभेरा गाउँपालिकामा तोकिएको परिक्षा केन्द्र बदर गरि जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालय चैनपुरमा परिक्षा गराईपाँउ भनेर उल्लेख गरिएको छ । गाउँपालिकामा केन्द्र तोकिदा पारदर्शिता र निष्पक्षता हुन नसक्ने भन्दै तिन जना उम्मेद्धारले परिक्षा दिन असमर्थ भएको पत्रमा उल्लेख गरेकाछन् ।

यस अघि २०७६ को फागुनमा खुलाएको विज्ञापनमा परिक्षा शुल्क पाँच हजार तोकिएको भन्दै विद्यालय प्रशासनको आलोचना भएको थियो । त्यतिबेला देखि नै अरु उम्मेद्धारले दरखास्त पेश नगरुन भन्ने मनशायले नेपालमै कहिँकतै नतोकिएको परिक्षा दस्तुर राखिएको स्थानियको आरोप छ । परिक्षा दस्तुरको विषयमा आलोचना भएपछि दोस्रो पटकको विज्ञापनमा दस्तुर घटाएर एक हजार तोकिएको थियो ।

परिक्षा सम्बन्धि कुनै किसिमको विवाद भए शिक्षा समन्वय ईकाइले समन्वय गर्नसक्ने तर परिक्षा केन्द्र कुन ठाउँमा तोक्ने भन्ने अधिकार शिक्षक छनोट समितिको भएकाले हस्तक्षप गर्ने अधिकार नभएको शिक्षा समन्वयका निमित्त कार्यालय प्रमुख जनक रोकायाले जानकारी दिए । उनले भने–‘हामी कहाँ निवेदन परेको थियो तर, परिक्षा केन्द्र तोक्ने अधिकार शिक्षक छनोट समितिको हो ।’

परिक्षा केन्द्र बदर गरिपाँउ भन्दै परेको निवेदन आफु सफल नहुने भएपछि परिक्षा भाड्न मात्रै गरेको प्रपञ्च रहेको समेत निमित्त कार्यालय प्रमुख रोकायाले बताए।