प्रधानमन्त्री कपः फाईनल प्रवेशका लागि सुदूरपश्चिमले विभागीय टीम एपिएफसँग  खेल्दैं
2021/01/02, 9:46
 
pm cup

दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै छन् । पहिलो खेलमा समूह ’ए’ को विजेता एपीएफले समूह ’बी’ को उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । 

यस्तै दिउँसो सवा एक बजे हुने अर्को खेलमा समूह ’बी’को विजेता प्रदेश एकले समूह ’ए’ को उप विजेता लुम्बिनीसँग खेल्ने छ । आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका हुन् । विजेता टिमले भोलि उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उप विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।