सुदुरपश्चिममा पहिलो कोरोना संक्रमित बालिकाको मृत्यु भएकै दिन थपिए ५ जना संक्रमित, कुल संक्रमित २८ पुगे 
2020/05/31, 3:25
 
sup

सुदुरपश्चिममा पहिलो कोरोना संक्रमित मृत्यु भएकी दिन ५ जना संक्रमित थपिएका छन् । मृत्यु भएकी बाजुराकी दुई बर्षीय बालिका सहित उनकी आमा र कैलालीका तीन जनामा कोरोना संक्रमण देखिएको हो । बाजुरा जिल्ला अस्पतालमा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना भाईरस (कोभिड—१९) रिपोर्ट पोजेटिभ आएको छ । धनगढी स्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा ती बालिकामा कोरोना पोजेटिभ देखिएको हो । बुढीगंगा—१ की ती बालिकाको आईतबार बिहान जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा मृत्यु भएको थियो । यस्तै मृत बालिका, उनकी आमा र कैलालीका थप ३ सहित सुदूरपश्चिमका आईतबार मात्रै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीका एक सहित कैलालीका थप तीन जना पुरुषमा कोरोना संक्रमण भएको हो । कैलालीको धनगढी—३ का ४७ वर्षका एक जनामा पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।  उनी वडा नम्बर ३ को क्वारेन्टाईनमा रहेका छन् । त्यसैगरी कैलालीको भजनी—७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका—९ का ३४ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै सुदुरपश्चिमका संक्रमितको संख्या २८ जना पुगेको छ । 

बाजुराको जिल्ला अस्पताल आईसोलेसनमा राखिएको बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । बुढीगंगा १ घर भएकी २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो । मृतक बालिकाकी २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिर्पोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाईएको थियो ।

कर्णाली प्रदेशमा पनि सुदुरपश्चिमका तीन जना संक्रमित भेटिएका छन । उनीहरु मध्ये एक जना निको भएर घर फर्किएका छन् भने दुई जनाको उपचार भईरहेको छ । सुदूरपश्चिम प्रदेशका दुई जना कोरोना संक्रमितको प्रदेश बाहिर उपचार भईरहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ र बाजुराका दुई संक्रमितको कर्णाली प्रदेशमा उपचार भईहेको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नेपालगञ्जको रुपडिया नाका हुँदै फर्किएका बझाङका एक जना पुरुषको सुर्खेत अस्पतालमा उपचार भईरहेको बताए । उनका अनुसार बाजुराका अर्का संक्रमित कालीकोटमा छन् ।

यस्तै  अछाम घर भएका ३२ वर्षीय पुरुष भने डिस्चार्ज भएका छन । बाँकेमा उपचाररत उनी १६ औँ दिनमा कोरोना जितेर शनिबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।