
आउँदो फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि शनिबार सार्वजनिक गरिएको छ।

आयोजक शिवपरीधाम तेक्वान्दो डोजाङले धनगढीको शिवपुरीधाममा आयोजित समारोहमा ट्रफि सार्वजनिक गरेको हो। शिवपुरी डोजाङ प्रमुख तेक्वान्दो प्रशिक्षक आशिष चन्दले पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने बताए।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष पुष्प कुँवरले प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न खेलप्रेमी सबैसँग छलफल गरी अगाडि बढ्ने बताए। महिला र पुरुष दुवैतर्फ १८ देखि ६३ केजि तौल समूहमा सम्पन्न हुने प्रतियोगिताका लागि तत्काल जिल्ला स्तरीय प्रतियोगितामार्फत खेलाडी छनोट गरिने प्रशिक्षक चन्दले जानकारी दिए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40