पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि स्टार सिटीलाई 
2021/01/24, 4:08
 
penalty

धनगढीमा आयोजना भएको पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लब ए ले जितेको छ । धनगढी उप महानगरपालिका वडा नम्बर २ स्थित द बैय्याबेहडी युवा क्लवको आयोजनामा भएको पेनाल्टी सुटआउट प्रतियोगिताको फाईनलमा जोनापुरको सिद्धबाबा टे«डलिंकलाई ४–३ ले हराउँदै स्टार सिटी ए च्याम्पीयन भएको हो ।

2

यसअघि भएको सेमिफाईनलमा स्टार सिटी ए ले स्टार सिटी भेट्रानलाई हराएको थियो । प्रतियोगितामा स्टार सिटी युवा क्लबका तीन वटा टीमले सहभागीता जनाएका थिए । प्रतियोगिताको उपाधिसँगै स्टार सिटी ए ले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 

2

उपविजेता बनेको सिद्धबाबा टे«डलिंकले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा स्टार सिटी ए का जियारत सेख उत्कृष्ट गोलरक्षक र सिद्धबाबा टे«डलिंकका मणीराम चौधरी उत्कृष्ट गोलकर्ता भएका छन् । दुबै जनाले जनही ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

3

शारदा माध्यामिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्यद्धय रत्ना विष्ट र मानवहादुर चौधरी, निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त, आदर्श युवा क्लबका अध्यक्ष निराजन खड्का, सुन्दर सुदूरपश्चिम यातायात प्रालिका सचिव बेनी खड्का लगायतले पुस्कार वितरण गरेका थिए । द बैयाबेहडी युवा क्लबका अध्यक्ष महेन्द्र खड्काको अध्यक्षतामा भएको प्रतियोगितामा ४२ वटा टीमले सहभागीता जनाएका थिए । 

2

यसैबीच पेनाल्टी सुटआउट प्रतियोगितामा धनगढीका सञ्चारकर्मीहरुले पनि सहभागीता जनाएका थिए । पछिल्लो समय सुदूरपश्चिमका बजारमा मन पराईएको ब्यारोन ब्राण्डको प्रायोजनमा धनगढीका सञ्चारकर्मीहरुले पनि पेनाल्टी सुटआउट प्रतियोगितामा सहभागीता जनाएका हुन् ।

3

ब्यारोन स्टार नाममा सहभागी भएको सञ्चारकर्मीहरुको टोलीले पनि क्वाटरफाईनलसम्मको यात्रा तय गरेको थियो । सञ्चारकर्मीहरुको टीममा सीताराम ओझा, शंकर वोहोरा, जितेन्द्र रावल, दिनेश बिष्ट, नवराज पनेरु, पुरन खनालले खेलेका थिए भने टीम म्यानेजरमा एण्डी पाण्डेय रहेका थिए ।