महेन्द्रनगरमा सुपर सिक्स कर्पोरेट क्रिकेट प्रतियोगिता हुँदै
2021/01/30, 10:52
 
cricket

कञ्‍चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । माघ २४ देखि फागुन १५ गतेसम्म कर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको हो ।

महेन्द्रनगरको खुलामञ्‍चमा सुदूरपश्‍चसमका कर्पोरेट कार्यलयहरुलाई लक्षित गरेर क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक स्टार प्रोडक्सनले जनाएको छ ।

प्रतियोगितामा कैलाली र कञ्‍चनपुरबाट २० टिम सहभागी हुने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक आशिष खत्रीले जानकारी दिए ।

सुपर सिक्स प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ‌एक लाख एक हजारसहित ट्रफी र प्रमाणपत्र ,द्वितीयलाई ५१ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, प्रतियोगिताको सिरिजलाई नगद १० हजार, ट्रफी र प्रमाणपत्र, प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजारसहित ट्रफी र प्रमाणपत्र, प्रतियोगिताका उत्कृष्ट बलरलाई पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।