सुदूरपश्चिम स्पोर्टस अवार्ड: स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन 
2021/01/30, 12:23
 
k

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीमा रहेको न्यू सिटी पोलिक्लिनिकले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिईने ९ विधा मध्ये स्पेशल अवार्ड विधालाई पोलिक्लिनिकले प्रायोजन गरेको हो ।

अब यो विधाको नाम सिटी पोलिक्लिनिक स्पेशल अवार्ड रहने छ । यो विधाका विजेतालाई  नगद २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पोलिक्लिनिकका प्रवन्ध निर्देशक डाक्टर सुशिल भण्डारी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दीपक नेपालले हस्ताक्षर गरे । पोलिक्लिनिकले हाडजोर्नी र स्त्री रोग सम्बन्धि विशेषज्ञ सेवा दिदै आएको छ ।

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईने खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य तथा खेलाडी छनोट समितिका सदस्य नवराज पनेरुले जानकारी दिए ।