कैलालीमा ‘गोदावरी कप खुल्ला भलिबल’ प्रतियोगिता हुने
2021/02/06, 9:48
 
voolley

कैलालीको गोदावरी नगरपालिका-४ मा ‘गोदावरी कप खुल्ला भलिबल’ प्रतियोगिता हुने भएको छ । गोदावरी युबा क्लबको आयोजनामा फागुन ८ गते देखी उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक संस्थाले शनिबार अत्तरियामा पत्रकार सम्मेलन को आयोजना गर्दै सो कुराको जानकारी दिएको हो ।  खेलको माध्यमबाट युबाहरुलाई राष्ट्र निर्माणमा प्रेरित गर्न भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष निर्मल मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु ५१ हजार नगद ,ट्रफी र प्रमाण पत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले रु २५ हजार नगद र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद रु ५/५ हजार पाउने छन ।

प्रतियोगिता अनतर्गत बेष्ट खेलाडीलाई नगद रु ५ हजार ,ट्रफी र प्रमाण पत्र ,बेष्ट डिफेन्डरलाई नगद रु २ हजार ,बेष्ट स्पाइकरलाई नगद रु २ हजार दिइने खेल संयोजक मान बहादुर राईले बताए ।

खेलको मुख्य प्रायोजकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर ४ रहनेछ । प्रतियोगिता प्रदेशभरका १६ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।