इन्टरनेशनल लिग क्रिकेटको उपाधि एसपीएलाई
2023/10/09, 12:14
 
crct

महेन्द्रनगरमा आइतवार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले हात पारेको छ। आइतवार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो।

उपाधिसँगै १ लाख नगद हात पार्यो। एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो। महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतवार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३।४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो। एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे। लिटिलबुद्धका नरेन्द्र ऐडीले ३ विकेट, राजेश ऐरले २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १० रन जोडे। एसपीएका सागर साउदले ४, सौर्य श्रेष्ठ र खगेन्द्र कुँवरले समान ३–३ विकेट लिए। एसपीए कलेजले यस क्षेत्रमा स्कुल तथा कलेज क्रिकेट कपमा अधिपत्य जमाउँदै आएको छ। कलेजमा ८ जना अन्तर्राष्ट्रिय खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन्।