डेढ दशकको तपस्यापछि भीमको राजनितिक छलाङ
2021/11/27, 10:18
 
ss

सीताराम ओझा- उमेरले २० बर्ष नपुग्दै धनगढीका भीम पडालको जुँगाको रेखी बसेको थिएन् । तर किशोर उमेर सकिए लगत्तै उनलाई राजनितिले भने छोईसकेको थियो । आजभन्दा १६ बर्षअघि विद्यालय तहको पढाई सकिएसँगै उच्च शिक्षा पढ्ने वेला नै उनले राजनितिमा पाईला चाल्दा आजको दिनसम्म आई पुगिएला भन्ने कुरा त्यो बेला भीमको कलिलो मष्तिकले सोचेको थिएन् । तर यो डेढ दशकमा उनले राजनितिमा दिएको समयले उनलाई जिम्मेवारी र पहिचान दिएको छ । राजनितिमा एउटा नयाँ आस लाग्दो युवा नेतृत्वको उदय गराएको छ । 

अहिले उमेर ३६ पुगेका तीनै भीम पडाल जसले नेपाली काग्रेंसको राजनितिमा डेढ दशक लामो तपस्यापछि राजनितिक छलाङ त मारेका छन नै । उनको योगदानको कदरसँगै राजनितिक उचाई पनि थपिएको छ । अहिले उनले कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिको रुपमा आफुलाई र पार्टीलाई स्थापित गर्ने अवसर पाएका छन् । केही दिन अघि मात्रै भएको क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिको निर्वाचनको नतिजापछि उनलाई एउटा पार्टीका नेता तथा कार्यकर्ताहरु माँझमा लोकप्रिय हुदैं सबैको मन मुटुमा बसाएको देखाएको छ ।

त्यत्तिक्कै भन्दा पत्याउन नसकिएला तर उनले क्षेत्रीय सभापतिमा हात पारेको सानदार जितले भने यो कुरालाई पुष्टि गर्छ होला । कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिदै गर्दा जित्नका लागि निकै कठिनाई महसुस गरेका उनलाई निर्वाचनको मत परिणामले भने राहत दियो । क्षेत्रीय सभापति पदमा प्रतिस्पर्धा थियो ५ जना बीचमा । उनीसँगै चुनावी मैदानमा थिए सन्तोष मुडभरी, हरि रेग्मी, ईश्वर जोशी र हिसासिंह पातली । क्षेत्रीय कार्य समितीको निर्वाचनका लागि ५ सय ३६ मतदाता थिए । निर्वाचनमा मतदान भयो ५ सय २८ को । मत परिणामपछि कुल मतदानको ५५ प्रतिशत उनको हिस्सामा थियो ।

उनले कुल खसेको मतमा २ सय ९० मत पाए । बाँकी चार जना उम्मेदवारमध्येका एक जना उम्मेदवार सन्तोष मुडभरीले केही चुनौती दिने प्रयास गरे पनि उनी सफल हुन सकेन् । सन्तोषले भीमभन्दा १ सय ७७ मत कम अर्थात १ सय १३ मत पाए । बाँकी तीन जना उम्मेदवारहरुको अवस्था निकै नाजुक रह्यो । हरि रेग्मीले ४७ मत पाउँदा ईश्वर जोशीले २३ र हिरासिंह पातलीले २१ मत मात्रै पाए । यही हो भीमको लोकप्रियता र उनले पार्टीलाई दिएको योगदानको लेखाजोखा हुने ठाउँ ।

१३ औं महाअधिवेशनमा क्षेत्रीय सदस्य र त्यसपछि मनोनित सचिवको रुपमा ६ बर्षसम्म गरेको कामलाई नै नेता कार्यकर्ताले मुल्यांकन गरेको भीमको बुझाई छ । प्रधानमन्त्री तथा नेपाली काग्रेसका वर्तमान सभापति शेरवहादुर देउवा तथा काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाको नजिक र विश्वासिलो पात्र मानिने पडाल भन्छन्–‘संगठनमा बसेर ईमान्दारिता पुर्वक काम गरेको थिए । सबै नेता कार्यकर्ताले मुल्यांकन गरे । सबै जनालाई गाहे साहे पर्दा मसँग ठोकिन आउने सबैलाई सक्दो सहयोग गरेको थिए । सामाजिक काममा पनि सधैं अगाडी नै थिए । उहाँहरुले अब मेरो काँधमा थप जिम्मेवारी दिनुभयो । अब त्यसलाई बोकेर पुरा गर्नु नै मेरो दायित्व हो ।’

पडाललाई पार्टीले जिल्ला प्रहरी कार्यालय हेर्ने जिम्मेवारी पनि दिएको थियो । जस कारण उनीसँग धेरै नेता कार्यकर्ता ठोकिन आउँथे । उनले आफ्नो तर्फबाट सक्दो सहयोग पनि गर्थे । त्यही सहयोगले पनि उनलाई राजनितिको नयाँ उचाईमा पुराउन मदत्त दियो । क्षेत्रीय सभापतिमा निर्वाचित भएका भीमले अब पार्टीलाई एक ढिक्का बनाएर लैजाने योजना बनाएका छन् । उनलाई गुट उपगुटको राजनितिक गर्नु छैन । अब हुने तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउने नै उनको अभियान हुनेछ । उनी त्यसका लागि पदको जिम्मेवारी पाएदेखि लागिसकेका छन् । 

पडालसँग पछिल्लो ६ बर्ष कैलाली क्षेत्र नम्बर ५ को कार्य समितीमा बसेर काम गरेको अनुभवले पनि उनलाई आगामी दिनमा सहज बनाउनेछ । क्षेत्रीय समितिमा आउनु अघि २०६८ सालमा उनले तरुण दलको नगर सचिवको रुपमा पनि काम गरेर आफुलाई देखाईसकेका छन् । २०६२ सालमा कैलाली बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि भर्ना हुँदादेखि नै उनको राजनितिक संग्लनता रहेको थियो ।

त्यो बेला नेपाल विद्यार्थी संघको ईकाई समिति सदस्य बनेका थिए । त्यसपछि उनी २०६५ सालमा सोही क्याम्पसमा स्ववियुको सदस्यको उम्मेदवार थिए । तर त्यो निर्वाचन हुन सकेन् । त्यसपछि तरुण दलको नगर सचिव क्षेत्रीय समितिको सदस्य र त्यसपछि उनको राजनितिक लगावले क्षेत्रीय सचिव हुदैं आजको दिनमा क्षेत्रीय सभापतिको रुपमा आफुलाई ल्याई पुराएका छन् । उनलाई राजनितिमा लागेर धेरै अझैं गर्न बाँकी छ । जीवन नै राजनितिमा समर्पणका साथ लागेका उनले सबैबाट सहयोगको अपेक्षा पनि राखेका छन् र आजको दिनसम्म पुराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । 

विस २०४२ सालमा कैलालीको तत्कालीन उर्मा गाविस र अहिलेको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा जन्मेका भीम पडालले स्नातकसम्मको पढाई गरेपछि राजनितिसँगै आर्थिक रुपमा सबल हुनका लागि सोच्न थाले । पछिल्लो ६ बर्षदेखि उनी आफ्नो व्यवसाय पनि गरिरहेका छन् । आर्थिक रुपमा घर परिवार चलाउन र राजनिति गर्नका लागि पनि पैसा नै हो चाहिने । त्यही कुरा बुझेर उनी व्यवसायलाई पनि राजनितिसँगै अगाडी बढाईरहेका छन् । उनलाई यसमा उनको परिवारको पुरा साथ रहेको छ ।

पारिवारिक रुपमा सहयोग नपाएको भए आजको दिनसम्म आईपुग्ने उनले सोचेका पनि थिएन् किनकी उनको परिवारमा कसैले पनि राजनिति गरेको छैन । उनी पछिल्लो समय आफ्नै पुस्ता र युवा पुस्ताहरु माँझ राजनिति गर्छु भनेर उदाईरहेका छन् । आगामी दिनको क्षेत्रीय सभापति भीम पडाललाई  शुभकामना ।