एन्फाका केन्द्रिय सदस्य मल्लको स्वागत तथा सम्मान
2022/07/03, 12:08
 
ss

अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य अनिल मल्लको धनगढीमा स्वागत तथा सम्मान गरिएको छ । एन्फाको निर्वाचनमा विजयी भएर धनगढी फर्किएपछि कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष कुमार शाहीको पहलमा मल्लको स्वागत तथा सम्मान कार्यक्रम भएको हो । 

कैलाली जिल्ला फुटबल संघको आयोजनामा भएको कार्यक्रममा उपाध्यक्ष शाही लगायत जिल्लाका पदाधिकारीहरुले केन्द्रिय सदस्य मल्लको सम्मान तथा स्वागत गरे । केन्द्रिय सदस्यमा निर्वाचन भएपछि गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मल्लले फुटबल विकासका लागि आफु सधैं तयार रहेको र त्यसका लागि निरन्तर लागिरहेको बताए । उनले आगामी दिनमा कैलालीको विकासका लागि गुरुयोजना बनाएर अगाडी बढ्ने र यसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए । 

फुटबल संघका उपाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव ललित मिश्रले गरेका थिए । सोही अवसरमा केन्द्रिय सदस्य मल्ल तथा जिल्लाका पदाधिकारीहरुले शनिबार परेको खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।