राष्ट्रपति रनिङ सिल्डमा सुदुरपश्चिम प्रदेशको उत्कृष्ट प्रदर्शन, ७ स्वर्ण जित्न सफल 
2022/07/13, 8:06
 
ss

काठमाण्डौंमा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गरेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण पदक जित्न सफल भएको छ । 

विहीवारसम्म सञ्चालन हुने प्रतियोगिताको दुई दिनसम्म भएका खेलहरुबाट सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । हालसम्म सुदुरपश्चिम प्रदेश अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । 

सुदुरपश्चिम प्रशिक्षण केन्द्रका निर्देशक मेघराज कठायतले दिएको जानकारी अनुसार सुदुरपश्चिमले कराँतेमा दुई स्वर्ण तीन रजत र एक कास्य पदक जितेको छ । कराँतेमा सुदुरपश्चिम प्रदेश दोस्रो भएको कराँते प्रशिक्षक प्रकाश चन्दले जानकारी दिए । 

यस्तै उसुमा पनि दुई स्वर्ण एक रजत र एक कास्य पदक जितेको सुदुरपश्चिम प्रदेशले तेक्वान्दोमा एक स्वर्ण र एक कास्य पदक पाएको सुदुरपश्चिम प्रशिक्षण केन्द्रका निर्देशक मेघराज कठायतले जानकारी दिए ।  महिला कबड्डीमा स्वर्ण जितेको प्रदेशले एथलेटिक्समा एक स्वर्ण एक रजत र तीन कास्य पदक हात पारेको छ ।