कैलारी ६ बनकट्टामा फुटवल प्रतियोगिता हुँदै, आजैबाट टिम इन्ट्री खुल्ला
2022/12/10, 3:58
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने भएको छ । इलाइट युथ क्लाव कैलालीको आयोजनामा फुटवल प्रतियोगिता हुन लागेको हो । आगामी पुस २५ गतेदेखी ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल प्रतियोगिता आयोजना हुने आयोजक इलाइट युथ क्लावका अध्यक्ष देवेन्द्र हमालले बताए ।

बिषेशगरी कैलारी गाउँपालिका र धनगढी उप महानगरपालिकाका खेलाडीहरुलाई समेटेर खुल्ला फुटवल प्रतियोगिता आयोजना गरिन लागेको अध्यक्ष हमालले बताए । फुटवल प्रतियोगितामा १६ टिम सहभागी हुन पाउने भएका छन् । अध्यक्ष हमालका अनुसार आजैबाट टिम इन्ट्री खुला गरिएको छ । प्रतियोगिताको बिजेताले रु ५० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्ने छन् भने उप बिजेताले २५ हजार नगद सहित ट्रफी मेडल प्राप्त अध्यक्ष हमालले बताए । टिम इन्ट्री शुल्क रु ३००० राखिएको छ । 

थारु कलाकारहरु सहितको उपस्थितीमा साँस्कृतीक कार्यक्रम सहित भब्य कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरिने आयोजकले बताएको छ । आयोजक क्लव इलाइट युथ क्लावका सह सचिव राम बहादूर बिकले कैलारी गाउँपालिका ६ का सबै युवाहरुलाई समेटेर क्लव गठन गरेको र अब खेलकुद संगै शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमापनि क्लव काम गर्ने बताए । 

बिषेशगरी यस खेलकुद प्रतियोगिताले यहाँका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए । फुटवल संघबाट समेत अनुमती लिएर गरिन लागेको प्रतियोगिताले पक्कै केही नयाँपन दिने उनको भनाई छ । क्लवका सचिव बिजय चौधरीले यस प्रतियोगिताबाट जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा समेत यहाँका खेलाडीको सहभागिता बढ्ने अपेक्षा लिएको बताए । साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरर लाई नगद २ हजार पुरस्कार रहेको उनले बताए ।