क्याप्टेन कालु र दिपक आरजेको ‘गो कोरोना गो’ चर्चा बटुल्दै
2020/05/12, 4:26
 
go korona go

कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएपछि चर्चा बटुलिरहेको छ । दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानल मार्फत आइतबार सार्वजनिक गरिएको थियो । दिन दिनमा गीतलाई ६ हजारभन्दा वढीले हेरेका छन् । 


कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगती, विकृति, भ्रष्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए । उनले लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको जानकारी दिए ।

उनका अनुसार यो गीत कुनै व्यवसायिक प्रयोजनका लागि नभई धर्मको नाममा, राजनीतिको नाममा र पैशाको नाममा समाजलाई बजार बनाउनेहरुको, र जनताको स्वास्थ्य, समस्या र भोकसँग खेलवाड गर्नेहरुका विरुद्ध तयार पारिएको हो । गीतमा सामाजिक सञ्जालमा भाइरल बनेका केही शब्दहरुलाई पनि समेटिएको छ ।

यस्तो छ गीतको शब्द
कोही यहाँ आँगनमा खाल्डा खुल्डी खन्दै छन
खाल्डो खनी निधारमा कालो टीका लाउँदै छन् ।
एउटा आउँछ गोबर मुतले कोरोना भाग्छ भन्दै छ
अर्को फेरि ईशुको नाममा हटिजा भन्दै छ ।
हटिजा ‘ रेखाथालाबा सान्दाराबा । 
कोरोना भगाउनलाई धामी झाक्री बसाल्दिने
रातो भाले काटीकुटि दारुसँग खाईदिने ।
फुट्ने गरि थाली भाडा घर–घरमा बजाई दिने
चैतको मैनामा पनि दीपावली मनाई दिने ।

नेपालीले चान्स पाए के–के सम्म गर्दा रैछन
घरमा बसी चामल दालको गेडा पनि गन्दा रैछन
लक डाउनमा घर छोडी लखर लखर डुल्दा रैछन
दारु खैनी चुरोटको खोजीमै भुल्दा रैछन् ।

रक्सी र गाजाले कोरोना मर्छ भन्दिने
डाक्टरको भन्दा, साथी गजेडी को कुरा मान्दिने
पाँच किलो चामल बोकी दुइ चार घरमा डुल्दिने
गरिबको फोटो खिची फेसबुकमा हाल्दिने ।
अनि हिरो बन्दिने‘

अब पालो नेताजीको

महामारी मा’नि तिमी ,लुट्नमै व्यस्त छौ
जनता भोकभोकै छन, तिमी भने मस्त छौ
लाज छैन शरम छैन ,औषधीमा ब्रम्हलुट
जनतालाई सधैँ झुठ ।
कैले बुझ्छौ जनताको मन भित्रको त्यो चोट
यही जनता हुन् हजुर तिम्लाई दिने आफ्नो भोट ।

आज रुँदैछन् सडकमा, हिँन्दै छन हाइवेमा
एक मुठी चामल नि, भन्दैछन् पाइएन ।
भोकभोकै रुनेको पाप लाग्छ नेताजी
मर्ने बेला नांगै जान्छौ, पैसा लान्नौ नेताजी ।

लुट्न सके लुट कन्छा लुट्न सके लुट
अरु देशमा पाईदैन नेपालमै छ छुट ।