कैलालीमा तेस्रो गौरीगंगा गोल्डकप चैत २१ गतेदेखि हुने
2023/03/22, 12:15
 
ss

कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ हुने भएको छ । ‘खेलौ फूटबल रमेर, फूटबलको संदेश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धन, नगर क्षेत्रलाई खेलकूदको चहलपहल बढाउने, ब्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।