मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश 
2023/03/26, 7:20
 
dd

थ्रीस्टार क्लब कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । अर्को ए डिभिजन क्लब फेण्ड्सलाई पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चामा स्थान पक्का गरेको हो । 

धनगढी रङ्गशालामा आज भएको खेलमा फेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाईनल पुगेको हो । खेलको ५९ औं मिनेटमा थ्रीस्टारका लागि दिपेश गुरुंगले गरेको गोल नै निर्णायक भयो । निर्णायक गोल गरेका दिपेश नै खेलको म्याच अफ द म्याच भए । 
थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली मनांग मस्यांगदी क्लब र वागमति युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । चैत्र १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।