छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनल आज बिहीबार हुँदैछ । धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र घरेलु टोली सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43