टीकापुर साहित्य महोत्सव सम्पन्न
2023/04/11, 12:10
 
ss

कैलालीको टीकापुरमा शनिवारदेखि शुरु भएको टीकापुर साहित्य महोत्सव संगीत सन्ध्या कार्यक्रम सहित समापन भएको छ । चर्चीत गजल के लत बस्यो मलाईका गायक तिलकसिंह पेला सहितका कलाकारको प्रस्तुतीसँगै साहित्य महोत्सवको समापन भएको हो ।

२०७२ सालमा भएको  घट्नापछि सुस्ताएको टीकापुरमा टीकापुर साहित्य समाजद्धारा साहित्य मार्फत आशा, उर्जा, सद्भाव र सकारात्मक सोच प्रवाह गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको तीन दिने साहित्य महोत्सवमा टीकापुरलाई केन्द्रमा राखेर साहित्य, शिक्षा र सुदूर पश्चिमको विकासमा बहस गरिएको थियो ।

अन्तिम दिन सबल स्थानीय सरकार स् विकासको मुलआधार, नेपाली नाटक मञ्चन स् विगत र वर्तमान, स्थानीय विकासमा समुदायको परिचालन, बदलिँदो स्थानीय समाज सहज कि असहज, कुन सबल रु थारु लेखक कि थारु पात्र, सुदूरपश्चिम विकासमा सधैं पछाडि किन पछाडि रु नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ रु आदि विषयमाथि चर्चा परिचर्चा भएको थियो ।

नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ  भन्ने विषयमा सुदूरपश्चिम प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशी, उपान्यासकार विवेक ओझा र जनक रसिकबीच बहस भएको थियो ।

सुदूरपश्चिम विकासमा सधैं किन पछाडि विषयमाथि राष्टिय योजना आयोगका पूर्व सदस्य डाक्टर जनकराज शाह र नेपाल सरकारका पूर्व सचिव अनुप उपाध्यायले पत्रकार प्रशान्त अर्यालसँग बहस गरेका थिए ।  कुन सबल  थारु लेखक कि थारु पात्र माथि साहित्यकार कृष्णराज सर्वहारी, लेखक बालिका चौधरीसँग लेखक शेखर खरेलले बहस गरेका थिए ।

बदलिँदो स्थानीय समाज सहज कि असहज विषयमाथि सुदूरपश्चिम प्रदेश योजना आयोगकी सदस्य माननीय दीपिका भट्ट, टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशर कुँवर, सामाजिक अभियन्ता रामबहादुर चौधरीले पत्रकार एकेन्द्र तिमिल्सेनासँग बहस गरेका थिए ।

त्यस्तै स्थानीय विकासमा समुदायको परिचालन शीर्षकमाथि सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री डाक्टर रणबहादुर रावलसँग पत्रकार सम थापाले बहस गरेका थिए ।  महोत्सवको महत्वपूर्ण सत्रका रुपमा रहेको नेपाली नाटक मञ्चन विगत र वर्तमान शीर्षकमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा सुप्रसिद्ध कलाकार निशा शर्मा, सुप्रसिद्ध नाटककार अशेष मल्ल तथा कलाकार सरिता गिरीसँग कलाकार सरस्वती चौधरीले बहस गरेका थिए ।

त्यस्तै सबल स्थानीय सरकार, विकासको मुल आधार विषयमा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीसँग पत्रकार रमा चन्दले बहस गरेका थिए ।  टीकापुर साहित्य समाजका उपाध्यक्ष एवं

एनआरएनएका केन्द्रिय पूर्व कोषाध्यक्ष हिक्मत थापाले धन्यवाद मन्तव्यसंगै टीकापुर साहित्य महोत्सवको समापन गर्ने क्रममा टीकापुर घट्नापछि परेको नकारात्मक छापलाई मेटाउन साहित्य महोत्सव आयोजना गरिएको बताए ।  उनले पहिलो पटक आयोजना गरिएको महोत्सवमा थुप्रै कमिकमजोरी भएकोले आगामि दिनमा ती कमिकमजोरीलाई सच्याएर अघि बढ्ने बताए ।

टीकापुर सरोकार समूहका संस्थापक थापाले साहित्य मार्फत आशा, उर्जा, सद्भाव र सकारात्मक सोच प्रवाह गर्न धेरै हदसम्म सफल भएको बताए ।  उनले टीकापुर महोत्सव आयोजना गर्न सहयोग गर्ने बिभिन्न संघसंस्था र व्यक्तिहरुप्रति आभार व्यक्त गरे ।