धनगढी हाफ म्याराथनको प्रथम र द्धितिय पुरस्कार नेपाल आर्मीले हात पारेका छन । आज भएको २१.१ किलोमिटर म्याराथनमा नेपाल आर्मीका मुकेशबहादुर पाल प्रथम र नरेन्द्र सिँह रावल द्धितिय भएका हुन ।
पालले १ घन्टा ४ मिनेट ४८ सेकेन्ड र रावलले १ घन्टा ७ मिनेट २३ सेकेन्डमा उक्त दुरी पुरा गरेका हुन । ‘अब धनगढी दौडिन्छ‘ भन्ने मूल नाराका साथ भएको म्यारानमा सन्तोषबिक्रम बिष्ट तेस्रो भएका छन । प्रथम र दोस्रो नेपाल आर्मीका धावकपनि हुन् ।
म्याराथन धनगढी रंगशालाबाट सुरु भएको थियो । प्रथम भएसँगै पालले नगद ५५ हजार ५ सय ५५ द्धितिय भएका रावलले ३३ हजार ३ सय ३३ र तृतीय स्थान प्राप्त गरेका विष्टले २२ हजार २ सय २२ रुपैया पुरस्कार प्राप्त गरेका छन् । धनगढी जेसिजले प्रत्येक वर्ष म्याराथन प्रतियोगीता आयोजना गर्दै आएको छ ।
2024/05/03, 2:12
2024/05/03, 2:10
2024/05/03, 2:06
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/07/12, 6:30
2022/03/23, 8:00
2023/04/20, 12:15
2020/06/26, 6:31
2020/11/03, 10:39