राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह
2024/01/17, 1:58
 
ss

 राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहभागी हुन आग्रह गरिएको छ ।

नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढी वसेको बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुसंग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सचिव केशव राज मिश्रले बताए ।  

नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रको संयोजकत्वमा वसेको बैठकमा नेकपा माओवादीका तर्फवाट दुर्गा वडुवाल, नेकपा समाजवादीवाट दिर्घराज कापडी जोशीको सहभागीता रहेको थियो ।   

बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्दको उपस्थिति रहेको थियो ।