सुदूरका ‘मणि’ मनिराज जोशी
2019/09/19, 12:32
 
gfg

धनगढी, महेन्द्र बम, साउन २१ – संवेदनशील रचनाकारको जीवन र जगतप्रतिको वैचारिक प्रतिक्रियाको परिमाण साहित्य हो । साहित्यको विशिष्टतम् एक विधा काव्य हो । नेपालमा महाकाव्य लेखनमा योगदान पु¥याएका व्यक्तिको चर्चा गर्दा सिमित संख्याका लेखकहरु गणनामा आउँछन् । कविताको वृहत् रुप महाकाव्य सिर्जना गर्नु चानचुने कुरा होइन । यसका लागि प्रतिभा, क्षमता र साधनाको जरुरत पर्दछ नै । धेरै स्रजकको लक्ष्य महाकाव्य रचना गर्ने त हुन्छ नै तर त्यसको लागि अथक साधना गर्न नसक्दा सफलता भेट्टिदैन । जीवनभरिको अनुभव र अनुभूतिले एउटा महाकाव्य लेख्नुलाई महत्वपूर्ण मानिने ठाउँमा आधा दर्जन महाकाव्य सिर्जना गर्नु विलक्षण प्रतिभा हो । सुदूर पश्चिमका अध्यता प्राज्ञ वासुदेव पाण्डेका अनुसार प्रदेश नं सात वा सुप क्षेत्रमा हालसम्म १० जना स्रष्टाका १९ वटा महाकाव्य प्रकाशित भएका छन् । जस मध्ये ६ वटा महाकाव्य एक्लै मनीराज जोशीका रहेका छन् । सुदूरको भूमिमा जन्मेर नेपाली साहित्यलाइ योगदान पु¥याउनु भएका साहित्यकार मनिराज जोशीको साहित्यिक यात्रा निकै रोचक छ ।