म बुढाे नि उठिसके ....उठ युवा हाे उठ !
2020/11/14, 9:09
 
kabita

म बुढाे नि उठिसके ....

उठ युवा हाे उठ !

उठ युवती हाे उठ !

घर घर बाट उठ !

काेठा काेठा बाट उठ !

हातमा माेबाइल लिएर उठ !

फेसबुक,ट्वीटर खाेल्नलाइ उठ !

उठ युवा हाे उठ !

उठ युवती हाे उठ !

म बुढाे नि उठिसके !

माेबाइलकाे रिचार्ज गर्नलाई उठ !

वाइफाइकाे सदुपयाेग लिन लाइ उठ !

माेबाइलकाे डाटा सक्न लाई उठ !

सिरक भित्रैबाट माेबाइल चलाउनलाइ उठ !

उठ युवा हाे उठ !

उठ युवती हाे उठ !

म बुढाे नि उठि सके !

च्याटमा फ्रेन्डकाे दिमाग चाट्नलाइ उठ !

केटा भए केटी बनेर उठ !

केटी भए केटा बनेर उठ !

फेक आइडि काे हतियार लिएर उठ !

उठ युवा हाे उठ !

उठ युवती हाे उठ !

म बुढाे नि उठिसके !

कसैकाे घरबार जाेर्न लाई उठ !

कसैकाे घरबार फाेर्न लाई उठ !

नेताकाे चाकरी गर्नलाई उठ !

पार्टी लाई गाली गर्नलाई उठ !

उठ युवा हाे उठ !

उठ युवती हाे उठ !

म बुढाे नि उठिसके !

लाइक गर्न लाई उठ !

कम्मेन्ट गर्न लाई उठ !

शेयर गर्न लाई उठ !

फेसबुकबाटै देशकाे विकास गर्नलाई उठ !