सुदूरपश्चिम प्रदेशमा बझाङ्गमा किन भएन काग्रेंसको प्रदर्शन ?
2020/12/15, 10:05
 
congress

ओली सरकारको विरोधमा नेपाली काँग्रेसले हिजो देशव्यापी रूपमा आयोजना गरेको प्रदर्शन सुदूरपश्चिमको बझाङ्ग बाहेक आठ जिल्लामा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित विरोध प्रदर्शन कार्यक्रम आयोना भएपनि प्रदेशको एक जिल्ला बाहेक सबैमा प्रदर्शन भएको हो । 

सुदूरपश्चिम प्रदेशका विभिन्न आठ जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरिएको छ । प्रदेशको कैलालीको धनगढीमा केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा ६ पाँच सयदेखि ७ हजार जना, डडेलधुरामा जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा ५ सय जना, डोटीमा जिल्ला सभापति वीरबहादुर बलायरको नेतृत्वमा १ हजार जना र दार्चुलामा जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा चार सय जना र बैतडीमा जिल्ला सभापति नरेन्द्र थापाको नेतृत्वमा ४ सय जनाको सहभागिता रहेको थियो ।

त्यसैगरी,अछाममा पूर्वमन्त्री एनपी साउँदको नेतृत्वमा ६ सय जना, कञ्चनपुरमा केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा ४ हजार जना र बाजुरामा जिल्ला सभापति कविराज पाण्डेयको नेतृत्वमा १ हजार ५ सय जनाले विरोध गरेका थिए ।