सुदूरपश्चिमका ३०४६ संक्रमित डिस्चार्ज
2020/08/02, 11:23
 
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शनिवार थप ३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शनिवार थप ३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शनिवार कोरोना मुक्त भएका बझाङका २०, अछामका १५ र बैतडीका एक गरी ३६ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार ४६ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ५६, डोटीका पाँच सय ३७, कैलालीका पाँच सय ३०, कञ्चनपुरका चार सय ८३, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

बाजुरा दुई सय ५३, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रमण मुक्त नभएकाको संख्या भने एक हजार ६ सय ३७ रहेको छ। प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ।  

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ६ सय ९२ पुगेको छ।