सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना रोकथामका लागि भैरहेका गतिविधीहरुको समिक्षा भएको छ । ठूलो प्रयासका कारण कोरोना क्वारेन्टाईनमा रहेकाहरुमा सिमित राख्न सकेको निश्कर्ष उनिहरुको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना परिक्षण गर्ने मेशिनको अभावले समस्या भैरहेको छ मुख्यमन्त्री त्रिलोचन भट्टले भने, त्यसैले मेसिन थपका लागि पहल भैरहेको छ । उनले, महामारीको बेला सबैले रचनात्मक भुमिका खेल्नुपर्ने बताए । उनले भने, श्रोत साधनले भ्याए सम्म तीनै तहका सरकार जुटेका छन् ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी उप–महानगरपालिका सिमामै भएकाले भारतबाट भित्रिरहेकाहरुको ब्यबस्थापनमा थप मारमा परेको बताए । रातदिन नभनेर जनप्रतिनिधी , स्वास्थ्यकर्मीहरु खटिएका छन् नगरप्रमुख वडले भने, केहिमन्छेहरु चुनौतीको अवस्थामा रचनात्मक भूमिका खेल्नु भन्दा मनोवल कमजोर बनाउने काममा उद्धत छन् ।